रामपुर दोश्रो साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अत्यन्त जरुरी सुचना !
यस रामपुर दोश्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजनाबाट निजी धारा जडान लागी महसुल तिरी सदस्यता लिईसक्नु भएका तर हालसम्म धारा जडान हुन नसकेका घरधुरीहरुले बढिमा यही पौष ५ गते भित्र धारा जडान वापत पैसा तिरेको नगदी रसिद सहित उपभोक्ता संस्थाको कार्यालय, रामपुर बेझाडमा अनिवार्य रुपमा सम्पर्क राख्न अाउनुहुन अनुरोध गरिन्छ ।
साथै सदस्यता लिएर पनि फोटो, लालपुर्जा तथा नागरिकताको प्रतिलिपी लगायत अन्य आवश्यक कागजातहरु पेश गर्न बाँकी महानुभावहरुले यस संस्थाको कार्यालयमा बुझाउनुहुन अनुरोध गरिन्छ । अन्यथा धारा जडान हुन नसकेमा संस्था जवाफदेही नहुने व्यहोरा समेत यसै सुचनावाट अवगत गराईन्छ ।
कमलराज भट्टराई
अध्यक्ष
No comments:
Post a Comment